समाज

मदन भण्डारी फाउण्डेसनद्वारा विपन्नलाई घर

घरको साँचो हस्तान्तरण गर्दै पोखरा लेखनाथ महानगरका मेयर पशुपति जिसी ।

पोखरा– मदन भण्डारी फाउण्डेसनले पोखराको एक विपन्न परिवारका लागि घर निर्माण गरिएको छ। फाउण्डेसनको कास्की शाखाले पोखरा महानगरपालिका १९ का अति विपन्न परशुराम नेपालीका लागि निर्माण गरिएको ४ कोठे पक्की घर शनिवार एक कार्यक्रमका बीच पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसीले हस्तान्तरण गरेका छन्।

कार्यक्रममा स्थानीय डम्बर गिरीले कतारमा रहँदा संकलन गरेको ४६ हजार रकम पोखरा १९ कै मृगौला पीडित दिपेन्द्र विकलाई हस्तान्तरण गरियो। विकले आर्थिक अभावले उपचारमा सास्ती खेप्दै आएका छन्। 

घर र सहयोग रकम हस्तान्तरण गर्दै मेयर जिसीले निकट भविष्यमा पोखरामा आवास नभएका अति विपन्न परिवारलाई छुट्टै र कल्याणकारी कार्यक्रम लिएर आउने बताए।

वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलले मन्तव्य राखेको कार्यक्रममा नेकपाका वडा संयोजक नेत्रनाथ अधिकारीले स्वागत गरेका थिए भने पार्टीका जिल्ला कमिटी सदस्य इमानराज पौडेलले सञ्चालन गरेका थिए। 

मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष एवं युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले सामाजिक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले कार्यक्रममा संस्थाको आयव्यय समेत प्रस्तुत गरेका थिए। 

प्रकाशित: १९ माघ २०७५ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App