समाज

देवघाटमा डुबेर एक बेपत्ता

चितवन– देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए। 

आपतकालिन रेस्क्युका खटिएको सशस्त्र प्रहरीको विपत ब्यवस्थापन केन्द्र कुरिनटारको टीमले नदीमा गुरुङको खोजी गरिराखेको छ। गुरुङ भरतपुरमा रहेको कान्तिपुर पब्लिकेशनको कार्यालयमा मेशिन अपरेटरमा पदमा कार्यरत छन्। 

प्रकाशित: १ माघ २०७५ ०७:३२ मंगलबार

माघे_संक्रान्ति देवघाट वेपत्ता