समाज

विपन्न परिवारलाई कम्बल

रसुवा – जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले बिहीबार त्यहाँका ३५ परिवारलाई कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

हिमपात हुने क्षेत्रका विपन्न परिवारलाई परिवारको आकार अनुसार कम्बल दिइएको उनले बताए। ‘गाउँपालिकाले निर्माण गरेको पाश्र्वचित्रमा उल्लेख गरिएअनुसारका विपन्नलाई कम्बल दिएका हौं,’ प्रजिअ पौडेलले भने, ‘प्रतिपरिवारले न्यूनतम एउटादेखि तीनवटासम्म सामग्री पाएका छन्।’ चिसोको समयमा न्यानो सामग्री पाउनेहरूमा खुसी छाएको उनको भनाइ छ।

प्रकाशित: २७ पुस २०७५ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App