समाज

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

चितवन - चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा र मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापकाे उक्त मोटरसाइकल दुर्घटनामा परी ज्यान गएकाे हाे।

महानगरपालिका–१० गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा ज्यान गएकाे हाे।

प्रकाशित: २४ पुस २०७५ ०५:१३ मंगलबार

मोटरसाइकल_दुर्घटना मृत्यु