समाज

सस्तो खोज्दा ठगी गिरोहले फँसायो

काठमाडौँ– सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको प्रहरीले जनाइएको छ।

यसरी पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन्।

यस्तै काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडौँ बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाैँ तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बिहीवार जानकारी दिएको छ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो। सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १९ पुस २०७५ १३:२८ बिहीबार

ठगी_गिरोह पक्राउ नक्कली_सुन