समाज

लागूऔषधसहित भारतीय पक्राउ

भक्तपुर – प्रहरीले भक्तपुरको सूर्यविनायकबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ कटुञ्जेको एकता टोलमा रहेको लक्ष्मी शाहीको घरबाट लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई सूर्यविनायक नगरपालिका–५ बस्ने ४९ वर्षीया लक्ष्मी शाही र भारत बिहारका घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय अमितकुमार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनीहरुको साथबाट नुफिन तीन सय थान, फेनेरगन तीन सय थान, डाइजेल्याब तीन सय थान र नगद ४८ हजार बरामद गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

उनीहरुलाई महनगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १७ पुस २०७५ ०३:३५ मंगलबार

लागूऔषध भारतीय पक्राउ