समाज

डोटीमा प्रकोप प्रतिरोधका लागि जापानको ९ करोड सहयोग

काठमाडौं– डोटीका समुदाय र विद्यालयहरुमा प्रकोप न्युनीकरण तथा प्रतिरोध कार्यक्रम सञ्चालन गर्न जापान सरकारले ९ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

नेपालका लागि जापानी राजदुत मासामिची साइगो र नेपाल स्थित वल्र्ड भिजन जापानका  कार्यक्रम व्यवस्थापक नावमी काटोबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

उक्त सहयोग सुरक्षित शिक्षा, समूदाय तथा विद्यालयमा प्रकोप जोखिम व्यवस्थापन प्रणालीमा सुधार, विद्यालय सुरक्षाका लागि नीति तथा पद्दति विकासमा खर्च गरिने नेपालस्थित जापानी दुतावासले जनाएको छ। 

प्रकाशित: ७ पुस २०७५ ०६:५५ शनिबार

प्रकोप_न्युनीकरण जापानी_दुतावास