समाज

२० किलो चरेश सहित एक जना पक्राउ

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा २० किलो चरेश सहित एक जना पक्राउ परेका छन्। उमरीबाट रमुवादह आउँदै गरेका ३ जना व्यक्तिमाथि शंका लागि चेकजाँच गर्दा रोल्पा लिवाङ नगरपालिका– ६ चेईवाङ का २९ बर्षीय रमेश बुढा चरेस सहित पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय सन्दरी डाडाबाट खटिएकाे गस्ती टोलीले बिहीवार मध्यरातमा खानतलासीका क्रममा बुढालार्इ पक्राउ गरेकाे प्रहरी नायब उपरिक्षक रबि रावलले बताए। अन्य २ जना जना भने फरार भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको रावलले बताए।

 

प्रकाशित: २८ मंसिर २०७५ १४:३० शुक्रबार

कपिलवस्तु चरेश