समाज

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

काठमाडौं – निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो। सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए।

रावलको डिएनए परीक्षणको रिपार्ट आएको छैन। शंका रहेकाले उनलाई थप बयान लिन थालिएको सिआइवी स्रोतले जनाएको छ। मंगलबार उनको डिएनए परीक्षणका लागि पठाइएको थियो। सिआइवीले पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति रावल नै हुन। उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो।

बुधबार दिनभर गृहमन्त्रालयलमा गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्च अधिकारीसहितको बैठकले विशेषज्ञ टोली बनाउने बारेमा छलफल गरिरहँदा सिआइवीले भने पक्राउ परेका रावलमाथि अनुसन्धान जारी राखेको थियो।

बुधबार दिउसो ४ बजे गृहमन्त्रालयबाट प्रहरी प्रधानकार्यालय पुगेका आइजीपी खनाललाई सिआइवी प्रमुखले थप शंकासहति रावललाई नियन्त्रणमा लिएको जानकारी गराएका थिए। यद्यपि ६ बजेमात्रै आइजीपीलाई रावलमाथि अनुसन्धान गरेको प्रगतिविवरण बारे जानकारी गराएपछि आइजीपी खनाल आफै राती १० बजे सिआइवी पुगेका थिए। उनी रावलको बयानसँगै २ बजे मात्रै सिआइवीबाट निवास फर्केका थिए।

रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। उनलाई सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले सोधपुछ गरी छाडेको थियो। प्रहरीले त्यसरी छाडेपछि उनी पुनः भारत गएका थिए। एक हप्ता अघि कञ्चनपुरबाट ७ जनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो। सोमवार देखि रावललाई हिरासतमा राखिएको थियो। रावल लागू औषध प्रयोगकर्ता हुन्।

निर्मला हत्या प्रकरणलाई लिएर बुधवार गृहमन्त्री, गृहसचिव,  प्रहरी महानिरीक्षक र गृहमन्त्रीका सल्लाहकारबीच गंभिर छलफल भएको थियो। कञ्चनपुरबाट ल्याएका ७ मध्ये ६ जनालाई अनुसन्धानपछि घटनामा संलग्नता नदेखिएकाले छोडिएको सिआइबी स्रोतले बतायो। बाँकी एक जनाको डिएनए परीक्षण गरी हिरासतमा राखिएको छ। उनको डिएनएलाई निर्मलाको भेजिनल स्वाबसँग म्याच गराइनेछ।

विभिन्न सञ्चारमाध्यममा निर्मला हत्या प्रकरणमा उपत्यकाबाट एक पक्राउ भनेर समाचार आइरहेका बेला सिआइबी स्रोतले नागरिकन्यूजसँग घटनाको अनुसन्धानका लागि शकांस्पद ७ जना कञ्चनपुरबाट ल्याइएको र ६ जनालाई अनुसन्धान गरेर छोडेको तथा १ जना हिरासतमा रहेको जानकारी दिएको हो। त्यसरी हिरासतमा लिएका व्यक्ति उनी प्रदीप रावल हुन। १८ बर्षीय रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढाउनेछ।

प्रकाशित: २० मंसिर २०७५ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App