समाज

लागु औषध सहित भारतीय नागरिक पक्राउ

बर्दिया - प्रहरीले लागु औषध सहित एक भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले तीस ग्राम ब्राउन सुगर सहित मधुवन नगरपालिका–७ बाट बहराईच जिल्ला मोतीपुर थाना मिहिपुरुवा बस्ने २५ वर्षीय बिमलेश कुमार हरजनलाई पक्राउ गरेको हो।

भारतीय नागरिक हरजनलाई बुधवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। लागुऔषध कारोबारी भारतीय नागरिक हरजनलाई गोप्य सूचनाको आधारमा लामो समय देखि प्रहरीले खोजी गरिरहेको एसपी सुरेन्द्र मैनालीले वताए। हरजनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बरामद गरेको ३० ग्राम ब्राउन सुगरको बजार मूल्य २ लाख बराबरको छ। प्रहरीले बरामद गरेको ब्राउन सुगर ५ सय ५० जना सेवनकर्ताले प्रयोग गर्न सक्ने प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

 

प्रकाशित: १९ मंसिर २०७५ ०८:४० बुधबार

लागु_औषध ब्राउन_सुगर