समाज

तीस लाख किलो फलफूल आयात

विराटनगर – विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल आयात गरेको छ। सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो।

चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा ७ लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिए। चालु आवको तीन महीनामा २ करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ। गत आवमा सो अवधिमा १ करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो।

विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अंगुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ।  (रासस)

प्रकाशित: ३० कार्तिक २०७५ १०:५० शुक्रबार

विराटनगर_भन्सार फलफूल