समाज

पचली भैरव मन्दिर जीर्ण बन्दै

काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा आसपास क्षेत्रमा जोखिम बढेको छ।

करिब दुई वर्ष अगाडि मन्दिरको मूर्ति चर्किएको र जीर्ण भएर बिग्रिएपछि नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परासमेत थियो । मन्दिरमा रहेको घ्याम्पो आकारको पचली भैरवको मूर्ति दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभकार्य तथा बल प्रयोग गरिने कार्यलाई पूरा गर्न विशेष पूजा गर्ने प्रचलन छ।

दसैंमा पचली भैरवको जात्रा निकाल्ने गरिन्छ । मन्दिरको नजिकैको दूरीमा मचली भैरवको मन्दिर छ । जसलाई पचलीको उत्तराधिकारी मानिन्छ । काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष विकास डंगोलले स्थानीय क्षेत्रका प्राचीन र महत्वपूर्ण सम्पदाको संरक्षण गर्ने परम्परादेखि चलिआएका जात्रापर्वलाई निरन्तरता दिन आवश्यक खर्चको व्यवस्थापन गरिने बताउँदै उक्त मन्दिर चालू आवभित्र जीर्णोद्धार सुरु गरिने बताए।    (रासस)

प्रकाशित: २७ कार्तिक २०७५ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App