समाज

नक्कली प्रहरी पक्राउ

काठमाडौं - महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिन्छु भनी महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गर्ने सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नारायण अधिकारी भन्ने नारायण विश्वकर्मालाई कात्तिक २१ गते पक्राउ गरी अाइतबार सार्वजनिक गरेको हो। 

वैदेशिक रोजगारमा मकाउ जानका लागि कृष्ण चौधरीले विचौलिया खुश्वु गुरुङलाई रकम बुझाएकामा गुरुङले चौधरीलाई रकम फिर्ता नगरेपछि विकले ‘म महाशाखाको प्रहरी हुँ केश मिलाइदिन्छु’ भनेर रु एक लाख माग गरी ठगी गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका विकसँग प्रहरीले नगद रु १६ हजार, मतदाता परिचय पत्र, एनटिसी र एनसेलको सिमकार्ड बरामद गरेको छ। महाशाखाले पक्राउ परेका विकलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडाैं पठाएको छ। रासस

प्रकाशित: २५ कार्तिक २०७५ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App