समाज

दधिकोटमा २५० ज्येष्ठ नागरिकलाई सम्मान

भक्तपुर– स्थानीय दधिकोट स्वर्णिम समाजले दुई सय पचास जना ज्येष्ठ नागरिकको सम्मान गरेर तिहार मनाउने भएको छ। उसले मगलबार सूर्यविनायक नगरपालिका वडा नं १, ४ र ७ का ज्येष्ठ नागरिकलाई नगद ५०५ रुपैयाँ, टोपी, खास्टो र खाद्यान्न सहित अभिनन्दन गर्न लागेको हो।

आपसमा सद्भाव बाँड्न स्थानीय दधिकोट चौरमा आयोजना हुने कार्यक्रमले एकताको डोरी झन् कसिलो हुने कार्यक्रमका संयोजक अञ्जित विष्टले बताए। 

ज्येष्ठ नागरिक अभिनन्दनसँगै कार्यक्रममा मुलुककै चर्चित कलाकारहरु पशुपति शर्मा, हेमन्त शर्मा, टीका प्रसाईं, गिरिश खतिवडा, साहिमा श्रेष्ठ, महादेव त्रिपाठी, मानस राज, रोयल मेलोडी लगायतले पस्तुति दिनेछन्।

‘हामी देउसी–भैलो कार्यक्रम पनि खेल्नेछौं’, विष्टले नागरिकसँग भने, ‘कलाकारहरुले शास्त्रीय र आधुनिक नृत्य समेत प्रस्तुत गर्नेछन्।’ 

‘ज्येष्ठ नागरिक अभिनन्दन तथा विविध सांस्कृतिक कार्यक्रम’मा  करिब १४ लाख रुपैयाँ खर्च हुने जनाइएको छ। सामाजिक विकासमा हातेमालो गर्न हरिशरण विष्टको अध्यक्षतामा भर्खरै स्वर्णिम समाजको गठन भएको हो। 

प्रकाशित: १८ कार्तिक २०७५ १०:१४ आइतबार

ज्येष्ठ_नागरि दधिकोट_स्वर्णिम_समाज