समाज

कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा

इलाम– जिल्लाको माइपोखरीछेउमा कुकुरले आक्रमण गरी लोपोन्मुख वन्यजन्तु रेडपान्डा मारेको छ। कुकुरले आक्रमण गर्दै गरेको भेट्टाएपछि स्थानीय गाडी चालकले कुकुरबाट खोसेर बचाउन खोजेपनि तत्कालै रेडपान्डा मरेको थियो। 

स्थानीय युवराज पौडेलका अनुसार मृत रेडपान्डा प्रहरीलाई जिम्मा लगाइएको छ। जिल्लाको लेकाली क्षेत्रमा लोपोन्मुख रेडपान्डा संरक्षित छ। भौगोलिक सीमा जोडिएको भारतको सिंहलीला नेसनल पार्कमा पनि रेडपान्डा संरक्षण गरिएको छ। केही महिनाअघि इलामकै पुवामझुवामा पनि कुकुरले आक्रमण गरी रेडपान्डा मारेको थियो। 

प्रकाशित: १६ कार्तिक २०७५ १५:१५ शुक्रबार

कुकुर दुर्लभ_रेडपान्डा