समाज

शरद गौचन हत्याका तीन अभियुक्त पक्राउ


काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका थप तीन अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अम्बर राना, रोशन बुढाथोकी लोप्साङ लामा रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

गौचनको गत ०७४ असोज २३ गते वानेश्वरको खरिबोट नजिक गोली हानी हत्या गरिएको थियो। गौचन हत्याका योजनाकार मानिएका समिरमान सिंह बस्नेतलाई यसअघि नै पक्राउ परिसकेका छन्। बस्नेतलाई पूर्पक्षका लागि कारागार चलान गरिसकिएको छ।

 

प्रकाशित: १२ कार्तिक २०७५ १०:१३ सोमबार

शरद_गौचन_हत्या अभियुक्त_पक्राउ