समाज

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

बर्दिया- प्रहरीले अवैध घरेलु कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ। भारतको बहराइच जिल्ला मोतिपुर थाना बस्ने नानपारा ग्राम बलईगाउँ निवासी ३० वर्षीय जेहरुद्दिन जागालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जागाको साथबाट हतियारसहित १ राउण्ड गोली र ओप्पो कम्पनीको एक थान मोबाईल समेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओली नेतृत्वको टोलीले बढैयाताल गाउँपालिका ७ स्थित कण्ठपुर चोक नजिकबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अबैध पेस्तोल साथमा लिएर घुमफिर गरिरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा हतियारसहित पक्राउ गर्न सफल भएको  प्रहरी निरीक्षक ओलीले बताए। उनका अनुसार  पेस्तोल विक्रीको लागि नेपाल ल्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

 

प्रकाशित: १० कार्तिक २०७५ १०:३२ शनिबार

पक्राउ पेस्तोल