समाज

एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी

एसपी बिष्ट

काठमाडौं- गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट हटाउने अन्तिम तयारी गरेको छ।

गृहमन्त्रालयले कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले लापारवाही गरेको जिम्मेवारी बोध नगरेका तथा प्रमाण नष्ट गरेको अभियोग लगाएर उनीहरुलाई सेवाबाट हटाउने तयारी गरेको हो। स्रोतका अनुसार आज राती नै उनीहरुलाई सेवाबाट हटाउने निर्णय गरिने छ।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहिबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको हो। बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो।

प्रकाशित: ८ कार्तिक २०७५ १२:४९ बिहीबार

निर्मला_पन्त बलात्कार प्रहरी