समाज

बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

पाल्पा – चापाकोट नगरपालिका स्याङ्जाकी १३ वर्षीया बालिकालाई जवरजस्ती गरेको आरोपमा पाल्पाका युवा पक्राउ परेका छन्।

सोमबार बालिकालाई करणी गरेको आरोप लागेका पाल्पा रामपुर नगरपालिका–६, तिलपुरका २२ वर्षीय इमान सिं कुमाल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। आरोपित कुमाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक अमृत भण्डारीले बताए।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:४४ बिहीबार

बलात्कार पक्राउ