समाज

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

गौशाला- महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

शनिवार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ज.२९०२ नम्बरको टाटासुमो बर्दिबास नगरपालिका–१ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 

प्रकाशित: ४ कार्तिक २०७५ ०८:२१ आइतबार

टाटासुमाे_दुर्घटना