समाज

ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको ज्यान गयो

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विष्फोटमा २ जनासमेत घाइते भएको जनाइएको छ ।   

 

प्रकाशित: २ कार्तिक २०७५ १३:२८ शुक्रबार

ग्यास_सिलिण्डर_विष्फोट जनकपुरधाम