समाज

५७ हजार नगदसहित ८ जुवाडे पक्राउ

जुम्ला- जिल्ला प्रहरी कार्यालयले ५७ हजार नगद रुपैयाँ सहित ८ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको बसपार्कवाट ४ जना र तातोपानी गाउँपालिकाको हाँकुवाट ४ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सिताराम रिजालले जानकारी दिए। उनका अनुसार ठुलो धनरासीमा जुवा खेल्न लागेको सुचना प्राप्त भएपनि प्रहरीले छापा हानेको थियो। पक्राउ परेका जुवाडे प्रहरी हिरासतमा छन। 

पछिल्लो समयमा जुवा र मदिरा सेवन कार्यलाई निरुत्साहित गर्न प्रहरीले कडा निगरानी थालेको छ। यसअघि १ लाख ५१ हजार नगद सहित १४ जना जुवाडे पक्राउ गरिएको थियो। उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइएको छ।

प्रकाशित: २ कार्तिक २०७५ ०६:३४ शुक्रबार

जुवाडे_पक्राउ