समाज

दसैँ तिहारमा ट्राफिक शिक्षा

जुम्ला बसपार्कमा ट्राफिक नियमवारे जानकारी दिँदै ट्राफिक प्रहरी । तस्बिरः डिबी/नागरिक

जुम्ला – जिल्ला ट्राफिक कार्यालय जुम्लाले चाडपर्वको समयमा सवारी साधनको ओहोर दोहोरलाई मध्यनजर गर्दै ट्राफिक शिक्षामा जोड दिएको छ। यो समयमा ट्राफिक नियमको पालना कम हुने र क्षमता भन्दा बढि यात्रु बोक्ने प्रचलन भएकोले ट्राफिक कार्यालयले चेकजाँचमा कडाई गर्दै गाउँ तहसम्म ट्राफिक सचेतना फैलाउँदै आएको हो।

क्षमता भन्दा बढि यात्रु बोक्ने, ट्राफिक नियम कार्यान्वयन नगर्ने, मनपरी भाडा असुल्ने र महंगो भाडा लिने यातायात व्यवसायीलाई कडा कारवाही गर्दै आइरहेको छ।   कर्णाली राजमार्गमा हुने गरेको मनपरी भाडा असुलीले सहज यात्रा हुन नसकेको यात्रुले गुनासो गरेपछि दसैंलाई लक्षित गरी ट्राफिक चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ।

भाडामा हुने मनोमानी तथा क्षमता भन्दा बढि यात्रु हाल्ने समस्यालाई नियन्त्रण गर्न गाउँ गाउँमा ट्राफिक चेकजाँच र ट्राफिक शिक्षालार्ई कडाई पारिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावतले बताए। उनले भने, “चाडपर्वको समयमा सबैको झमघट हुने र विशेषगरी मोटरसाइकलमा क्षमता भन्दा बढि मान्छे राख्ने, छोटा दुरीका सवारीमा बढी भाडा असुल्ने गरेको पाइएको छ, यो सवारीसाधनमा हुने विकृतीलाई हटाउनको लागि विशेष अभियान थालिएको छ।

नियमित ट्राफिक चेकजाँच अनुसार दसैंको अवसरमा विशेष कडाई गरिएको छ।”ट्राफिक नियम पालना नगर्नाले दुर्घटनाको जोखिम बढ्ने विषयमा सचेत बनाउन, नियमित ट्राफिक चेकजाँच आवश्यक रहेको र  यसलाई निरन्तरता दिइरहेको छ। ट्राफिक प्रहरी, टेकेन्द्र थापा क्षमता भन्दा बढि यात्रु राख्ने, कागतजात साथमा नराख्नेलाई पाँच सय जरिवाना काट्ने गरिएको बताउँछन। उनले ट्राफिक नियम पालना नगर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याउन थालिएको बताए। 

दसैँ अवधीभर झण्डै २ सय ५० भन्दा बढि सवारीलाई कारवाही गरिसकिएको छ। कारबाहीमा पर्नेमा सबैभन्दा बढि मोटरसाइकल चालक छन्। जुम्लालाई ट्राफिक नियम पालना गर्ने एक नमुना जिल्ला बनाउन नियमित ट्राफिक चेकजाँचको कार्यलाई जोड दिएका छौँ, दसैँ तिहारमा विशेष अभियान चलाएका र्छौँ, उनले भने,“सवारी चालक तथा यात्रुले पनि सुरक्षित यात्राबारे गम्भीर बन्नु पर्ने, भीडभाडमा यात्रा गर्न नहुने र यात्रु आफैं क्षमता भन्दा बढि सवारी गर्नु परेमा अस्विकार गर्नुपर्ने वानीको विकास अहिलेको आवश्यकता हो।” ट्राफिक प्रमुख रावत भन्छन, “नियमको पालाना नगरेको भेटिए, जो कोहीलाई नियम अनुसार जरिवना गछौँ। जुम्लामा सञ्चालन हुने साना तथा ठुला सवारीलाई ट्राफिक नियमको पालना गरी सवारी सञ्चालन गर्न पटक पटक परिपत्र गरिएको छ।

जिल्लाको चन्दननाथ नगरपालिका क्षेत्रको श्रीढुस्का र उमगाड, तातोपानी गाउँपालिकाको तातोपानी, धौलापानी, लाम्रा,लिताकोट र राँका, तिला गाउँपालिकाको कुडारी, त्रिवेणी,डुण्डेली, र सितानगर वजारमा ट्राफिक नियमवारे शिक्षा प्रदान गर्ने काम भइरहेको छ। यस्तै नाग्म गमगडी सडकको वागवजार, नराकोट, गुठिज्युला लगायतका स्थानमा ट्राफिक चेकजाँच गर्दै आईरहेको हो।

प्रकाशित: ३१ आश्विन २०७५ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App