समाज

लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला- प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उनले बताए। तिनै जनाविरुद्ध लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ। 

प्रकाशित: ३० आश्विन २०७५ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App