समाज

बीस वर्षपछि हत्या आरोपित वृद्ध पक्राउ

सप्तरी–हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन्। खड्ग नगरपालिका–११ बनौलीका ७५वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ।

मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ। मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०५६ वैशाख ३० गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेकी थिइन् । 

मृतक जदु र आरोपित पञ्चुका श्रीमतीबीच भएको विवादपछि उनीहरुबीच भएको झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा जदुको मृत्यु भएको मृतककी श्रीमतीले बताएकी छिन्।

आरोपितले भने जदुले आफूमाथि प्रहार गर्न खोज्दा उनले नै बोकेर ल्याएको फलामको कलको हेडले लागेर मृत्यु भएको बताएका छन्। रासस

 

प्रकाशित: २६ आश्विन २०७५ १२:०८ शुक्रबार

हत्या वृद्ध पक्राउ