समाज

वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप, अदालतमा मुद्दा दर्ता

खोटाङ– खोटाङमा वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुर्व्यहार गरेको आरोप लागेको हो।

जिल्ला अदालत खोटाङमा सोमबार ३३ वर्षीय महिलाले चौहानविरुद्ध यौन दुर्व्यवहार मुद्दा दर्ता गरेकी छिन्। चौहानविरुद्ध २०७५–सी ४–०००७ नम्बरमा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लालबहादुर कार्कीले बताए। 

उनीमाथि असोज १६ गते राति सुतिरहेको अवस्थामा दुर्व्यवहार गरेको आरोप छ। २०७४ साल पुस  १८ गते पनि यौन दुर्व्यवहार गरेको पीडित महिलाको दाबी छ। यौन दुर्व्यवहारको आरोप लगाउने महिला शिक्षिका हुन्। 

प्रकाशित: २३ आश्विन २०७५ १३:०१ मंगलबार

बलात्कार वडाध्यक्ष दिक्तेल_रुपाकोट_मझुवागढी_नगरपालिका