समाज

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ

काठमाडौं – तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनलाई महाशाखाको टोलीले आज बिहान करिब ६ बजेतिर महेन्द्रनगरबाट पक्राउ गरेको हो।

ज्ञवालीले ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर  ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग गरेको भेटिएपछि उनी र उनकी श्रीमती गाैरी खनाल ज्ञवालीविरुद्ध मुद्दा परेको थियो। 

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि तत्कालिन पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते उनलाई र उनकी श्रीमतीलार्इ दोषि ठहर गर्दै ३ वर्ष जेल सजाय ताेक्नुका साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे। दाेषि ठहर भएसँगै ज्ञवाली फरार भएका थिए।

उनलाई आजै काठमाडौं ल्याइने र उच्च अदालत पाटनमा उपस्थित गराइने पनि एसएसपी सिंहले बताए।

प्रकाशित: १९ आश्विन २०७५ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App