समाज

ट्रिपर सञ्चालनमा पुरानै नियम लागू : समयावधि बढाउने निर्णय फिर्ता

काठमाडौं – ट्राफिक प्रहरीद्वारा काठमाडौं भित्रका रिङरोड, काेटेश्वर र जडिबुटी सडकखण्डमा ट्रिपर सञ्चालनको समावघि घटाइएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म ट्रिपर चलाउन दिने निर्णय गरेकै दिन भक्तपुरको सुर्यविनायकमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि समय पुनः घटाइएको ट्राफिक प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरीका अनुसार अब साउन ४ गतेकै पुरानो निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने छ। प्रमुख जिल्ला अधिकारी आचार्यले बुधबार गरिएको निर्णय तत्काल कार्यान्वयन नगरि पुरानै निर्णय कायम गर्न निर्देशन दिएकाले पुरानै नियम कार्यान्वयन गरिने ट्राफिक प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरी महाशाखाले बिहीबार  सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

प्रकाशित: १८ आश्विन २०७५ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App