समाज

मलामी बोकेको जीप दुर्घटनामा पाँच घाईते

पाल्पा - बगनासकाली गाउँपालिका ८, बराङ्दीमा बुधवार बिहान जीप दुर्घटना हुँदा पाँच जना मलामी घाईते भएका छन्। लु १ ज २०५० नम्बरको जीप दुर्घटनामा परि चालक शारदा बस्याल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मलामी लिएर राम्दी तर्फ जादै गरेको जीप उकालोमा सडकमै पल्टिएको स्थानीय दयाराज न्यौपानेले बताए। बराङ्दीकै स्थानीय ९० वर्षीय नन्दलाल घिमिरेको दाहसंस्कारका लागि रामनदीघाट जाँदै गरेको मलामी बाेकेकाे जीप दुर्घटनामा परेको हो। घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। 

 

प्रकाशित: १७ आश्विन २०७५ ०८:३९ बुधबार

दुर्घटना