समाज

ढुंगा प्रहार गरी श्रीमतीकाे हत्या

पोखरा - घरायसी सामान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। बुधवार राती मादक पदार्थ सेवन गरी घर फर्केका पोखरा महानगरपालिका ३२ खुदी खोलाका ५२ वर्षीय ऐनबहादुर गुरुङले आफ्नै ६० वर्षीय श्रीमती श्रीमाया गुरुङलाई ढुंगा प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार बुधबार राती मादक पदार्थ सेवन गरेर घर फर्केका ऐनबहादुरले श्रीमतीलाई तीन पटक सम्म ढुंगा प्रहार गर्दा श्रीमायाको घटनास्थलमै ज्यान गएको थियो। श्रीमतीको हत्या गरेर भागेका ऐनबहादुरलाई प्रहरीले विहीवार विहान ९ बजे लेखनाथ स्थित गगनगौंडाबाट पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

पक्राउ परेका  गुरुङका अनुसार श्रीमाया उनकी कान्छी श्रीमती हुन्। जेठीको यसअघि नै मृत्यु भइसकेको छ। परिवारमा अरु कोही सदस्य नरहेको उनले बताए। तीनपटकसम्म ढुंगाले टाउकोमा हानेपछि श्रीमतीले पानी मागेको र घर भित्रबाट पानी ल्याएर खुवाउँदा सम्म श्रीमतीको ज्यान गइसकेको उनले बताए। श्रीमतीको हत्या गरेर राती घरमै सुतेका उनलाई विहीवार विहानै खोला तरेर गगनगौंडाफाँटमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। 

 

प्रकाशित: ११ आश्विन २०७५ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App