समाज

युनिग्लोब कलेजद्वारा थप तीन कार्यक्रम सञ्चालन

काठमाडौं– युनिग्लोब कलेजले विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब र फाइनान्स ल्याबको शुभारम्भ गरेको छ। पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विद्यालयमा आयोजित कार्यक्रममा इन्क्युवेशन सेन्टर र ल्याबको उद्घाटन गरे। 

बहुआयामिक तथा समय अनुकुल विशिष्ट शिक्षा प्रदान गरी प्रयोगात्मक अभ्यासलाई विशेष प्रोत्साहन दिन इन्क्युवेशन सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल तथा प्रबन्ध निर्देशक डा.नरबहादुर बिष्टले बताए। विद्यार्थीको शिक्षामा उदाहरणीय परिवर्तन ल्याउन र समयानुकुल शिक्षा प्रणालीमा विद्यार्थीलाई अभ्यस्त बनाउन एकैसाथ शुभारम्भ गरिएका तीन वटै कार्यक्रमले विजनेश कलेजको इतिहासमै विद्यार्थीको छुट्टै पहिचान बनाउने उनको भनाई छ। 

युनिग्लोब विजनेस इन्कयुवेशन सेन्टरको स्थापना उद्यमशिलताको चाहाना राख्ने वात्यसमा सम्भावित इच्छा बोकेका युुवा विद्यार्थीहरुका सपना मर्न नदिन उनीहरुको व्यावसायिक विचारलाई छनौट गरी उचित परामर्शसहित व्यापार व्यावसाय र उद्योग धन्दा स्थापना गर्न प्रत्यक्ष रुपमा सहयोगका लागि हो । यो कार्यक्रमअन्तर्गत कलेजबाट अध्ययन सकेर शैक्षिक प्रमाणपत्रका साथै इच्छाएको कम्पनीसहित विद्यार्थीहरु दिक्षित हुने बताइएको छ। 

वित्तीय क्षेत्रमा लगानी सुरक्षित गर्न आवश्यक ज्ञान तथा विश्वबजार र वित्तीय बजारमा भएको उतारचढावको राम्रो अध्ययन गराउनको निम्ती फाइनान्स ल्याबको शुभारम्भ गरिएको प्रबन्ध निर्देशक विष्टले बताए।

उनका अनुसार विद्यार्थीको बोल्ने कला, लेख्ने कला एवं व्यावहारिक जीवनमा आवश्यक व्यक्तित्व निर्माण गर्ने कलालाई अझ सशक्त बनाउन कम्युनिकेशन ल्यावको स्थापना गरिएको हो। 

कार्यक्रमका विशेष अतिथि पूर्व गभर्नर डा. तिलक रावल, बृहद ग्रुपका अध्यक्ष ओम राजभण्डारी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भाष्करराज कर्णिकार, पूर्व मिस नेपाल माल्भिका सुब्बा, निरज खनाल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो। 

प्रकाशित: ७ आश्विन २०७५ १०:३९ आइतबार

युनिग्लोब_कलेज इन्क्युवेशन_सेन्टर_र_ल्याब_सञ्चालन