समाज

कर्णाली राजमार्गमा जिप दुर्घटना, नौ यात्रु घाइते

दुल्लु – कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्। जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन्। बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो।

आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो। रासस

प्रकाशित: ५ आश्विन २०७५ ०७:२८ शुक्रबार

कर्णाली_राजमार्ग जिप_दुर्घटना