समाज

निर्मलाकाे पक्षमा न्यायकाे माग गर्दै इलाममा प्रदर्शन

इलाम - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीकाे माग गर्दै इलाममा सोमवार दबाब र्‍याली आयोजना गरिएको छ। सदरमुकामका महिलाले ठुलो टुँडिखेलदेखि इलाम चोकबजारसम्म र्‍याली प्रदर्शन गरेका थिए।

‘बलात्कार र हत्याका दोषीलाई कारवाही गर’, ‘कानुनी राज्य प्रत्याभूत गर’, ‘छोरीचेलीलाई बाँच्न दे’ लगायतका नारा लगाउँदै महिलाहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शन पछि चोक बजारमा कोणसभा समेत आयोजना गरिएकाे थियाे। विभिन्न संघ–संस्थामा आबद्ध महिलाले कञ्चनपुर सहित देशभर भएका बलात्कार र हत्याका दोषीमाथि कारवाही माग गरेका छन्। 

प्रकाशित: १ आश्विन २०७५ ०८:२९ सोमबार

इलाम बलात्कार निर्मला प्रदर्शन