समाज

हेलिकोप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं – अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। आइतबार भएको मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेकाे संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य छन्।

शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाका मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

समितिले चाडो भन्दा चाडो भन्दा चाडाे अध्ययन गरी दुर्घटनाको छानविन प्रतिवेदन बुझाउने बताएको छ।

प्रकाशित: २५ भाद्र २०७५ ०५:४४ सोमबार

हेलिकोप्टर_दुर्घटना अल्टिच्युड_एयर