समाज

बालिका बलात्कार आरोपमा ९ पक्राउ

इलाम -  १३ वर्षीय बालिकालार्इ बलात्कार गरि गर्भवती बनाएकाे अाराेपमा ९ जना पक्राउ परेका छन्। इलामकाे देउमाई नगरपालिकास्थित जितपुरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ। बालिकामाथि पटक–पटक बलात्कार गरेको भन्दै उनका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए।

११ जना विरुद्ध उजुरी परेपनि प्रहरीले दुईजनालाई पक्राउ गर्न बाँकी नै रहेको जनाएको छ। पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन। प्रहरी हवल्दार विजय राईले घटनाबारे थप अनुसन्धान भइरहेको र आइतबार थप जानकारी सार्वजनिक गरिने बताए। 

प्रकाशित: २३ भाद्र २०७५ १६:०७ शनिबार

बलात्कार