समाज

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा

चितवन – एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो। चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। चालकको मुग्लिनमा उपचार भइरहेको छ।

कन्टेनर नदीले बगाएर जुगेडी ल्याई पु-याएको जनाइएको छ। प्रहरीका अनुसार त्यसमा अन्य सवार थिएनन्। अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ। रासस

प्रकाशित: १९ भाद्र २०७५ १०:०५ मंगलबार

कण्टेनर त्रिशूली_नदी दुर्घटना