समाज

बाजेको सेकुवाको सिल तोडियो, सबै शाखा सञ्चालन

काठमाडौं- बाजेको सेकुवामा गृहमन्त्रालयले लगाएको सिल तोडिएको छ। ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको अनुसन्धान समितिले बाजेको सेकुवामा सिल गरेको थियो।

सर्वोच्च अदालतले बाजेको सेकुवाका सबै शाखाहरु खोल्न भदौ १३ गते अन्तरिम आदेश दिएको थियो। सेकुवाकी साझेदार नतिमा कार्कीले दायर गरेको रिटमा न्यायाधीश सपना मल्ल प्रधानले अन्तरिम आदेश दिएकी थिइन्।

काठमाडौंमा बाजेको सेकुवाका १० शाखा रहेका छन्। सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डका आरोपि हुन्। उनी प्रहरीको फरार सूचीमा छन्।

 

प्रकाशित: १८ भाद्र २०७५ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App