समाज

देउवाले भेटे कञ्चनपुर घटनाका घाइते

त्रिबि शिक्षण अस्पतालमा घाइतेलाई भेट्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : देउवाको ट्विटरबाट

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर घटनाका घाइतेलाई भेटेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले प्रहरीको गोली लागेर गम्भीर घाईते भएका अर्जुन भण्डारा र उमेश देउवा भेटेका हुन्।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाका दोषी माथि कारबाही गर्न माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय माथी प्रहरीले गोली चलाउँदा शुक्रबार सन्नी खुनाको निधन भएको थियो। बिहीबार पनि प्रहरीले आन्दोलनमा गोली चलाएको थियो। किशोरी बलात्कारका दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै कंचनपुरमा भएको आन्दोलनमा घाईते भएका सबैको स्वास्थ्य लाभको समेत देउवाले कामना गरेका छन्।

आइतबार संसदको विशेष समयमा बोल्दै देउवाले कञ्चनपुर घटनाका दोषीलाई बचाउन राज्य संयन्त्र लागेको भन्दै विरोध जनाएका थिए। 'राज्य नै दोषी बचाउन लाग्छ भने पीडित न्याय माग्न कहाँ जाने', संसदमा देउवाले प्रश्न गरेका थिए।

१३ वर्षिय निर्मला पन्तको साउन ११ गते बलात्कार पछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: १० भाद्र २०७५ ११:५६ आइतबार

कञ्चनपुर घाइते देउवा भेट