समाज

स्यालको टोकाइबाट ७ जना घाइते

बाजुरा– खप्तड छेडेदह गाउँपालिका–५ स्थित डोगडीमा एकै दिन स्यालको टोकाइबाट ७ जना घाइते भएका छन्। घाइते हुनेमा डोगडीका लालबहादुर रावत, नरबहादुर बुढाथोकी, सुन्धरा बुढाथोकी, बुदी रावत, शान्ति बुढाथोकी, खिरी सुनार र अर्चना रावत रहेकी छन्।

काम गरेर घर फर्किने क्रममा र विद्यालय कक्षा कोठाभित्र पढाइ रहेको बेला स्यालले आक्रमण गरेको स्थानीय दिलबहादुर रावतले बताए। मष्टेश्व्री मावि कक्षा ३ मा पढाई रहेको बेला स्यालले शिक्षक लालबहादुर रावतलाई समेत आक्रमण गरी घाइते बनाएको छ।

अधिकांशलाई कामका लागि घर बाहिर गएको बेला र काम गरेर घर फर्किने क्रममा आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रतिकार गर्न खोजे झनै आक्रमण गर्न आउने गरेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।

घाइते ७ जनाको डोगडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। रेबिज विरुद्धको भ्याक्सीन लगाउन सुरु गरिएको स्वास्थ्य चौकीले बताएको छ। आक्रमण गर्ने २ वटा स्याल स्थानीयले मारिसकेका छन्। तरपनि झन थपिदै गएको बताईएको छ।

घरको आँगनमैै आएर आक्रमण गर्न थालेपछि स्थानीयहरु एक्लै घर बाहिर निस्किन छोडेका छन्। गाइगोरु चराउनदेखि विद्यालय जान आउन समेत समस्या देखिएको छ। स्थानीयले स्यालको नियन्त्रणका लागि प्रहरी प्रशासनलाई समेत खबर गरिसकेका छन्। गाउँपालिकाले नियन्त्रणका लागि प्रयास थालेको बताएको छ। 

प्रकाशित: ६ भाद्र २०७५ १०:४७ बुधबार

स्याल घाइते बाजुरा