समाज

अज्ञात समूहबाट तीन आइचरमा आगजनी तथा तोडफोड

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित बोेहोरे खोलामा अज्ञात समूहले तीन वटा आइचमाथी आगजानी तथा तोडफोड गरेको छ।

छहरे बुडीखोलाबाट बालुबा बोकी काठमाडौं तर्फ जाँदै गरेको बा४ख ८५१६ नम्बरको आइचरमा पेट्रोल छर्केर आगजानी गर्दा अगाडीको पूरै भागमा क्षती पुगेको प्रहरीले जनाएको छ। यस्तै २बा५ख २१३० र ३बा५ख २१३२  नम्बरको  आइचरहरुलाई ढुङ्गाले हानेर अगाडीको सिसा फुटाएको सम्बन्धीत चालकहरुले बताएका छन्।

नेपाल बन्दको अबज्ञा गरी सवारीसाधन चलाएको भन्दै विप्लव नेतृत्वको माओवादीले आइचरमा क्षती पराएको हुन सक्ने आशंका गरिएको छ। सवारी साधन माथी आगजनी तथा तोडफोड गर्ने व्यक्तिहरुको पहिचान नभएको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७५ ०५:०१ मंगलबार

#नुवाकोट #आगजनी #तोडफोड