समाज

कर्णालीको तटिय क्षेत्रमा उच्च सर्तकता

बर्दिया– कर्णाली नदी तटिय क्षेत्रमा प्रशासनले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ। कर्णाली नदीको चिसापानीस्थित गेजरिडरले पानी सतह उच्च मापन गरेपछि सार्वजनिक सूचनामार्फत नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो। 

चिसापानी स्थित गेजरिडरले नदीको सतह १० मिटर भन्दामाथि मापन गरेको आपतकालिन सूचना केन्द्रका प्रमुख रुपन ज्ञवालीले जानकारी दिए। उक्त गेजरिडरमा नदीको सतह १० मिटर सतर्कता तह मानिन्छ। कर्णाली नदी तटिय क्षेत्र राजापुर नगरपालिका –१ खैरनीमा १२ वटा घर डुवानमा परेको छ। 

प्रकाशित: २८ श्रावण २०७५ १३:४८ सोमबार

#कर्णाली #बाढी चिसापानी गेजरिडर