समाज

सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद

काठमाडौं- गुण्डा नाइने गणेश लामालाई विशेष अदालतले एक वर्षको कैद फैसला गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेषले उक्त फैसला गरेको हो।

१ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ। । उनीमाथी १ करोड ४० लाख ५० हजार बिगो दावी गर्दै २०७० मा विशेषमा मुद्दा दायर भएको थियो।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादर बागचन्दको इजलासले १ वर्ष कैद, विगो बमोजिमको जरिवाना र सोही अनुसारको सम्पत्ति जफल हुने फैसला गरेको हो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले  लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध २०७० सालमा मुद्दा दायर गरेको थियो। अन्य चार जनाले भने सफाई पाइसकेका छन्।

लामा गौशालाबाट हतियार सहित पक्राउ परेपछि हाल डिल्लीबजार कारागारमा छन्। 

 

 

प्रकाशित: २४ श्रावण २०७५ ११:४१ बिहीबार

गणेश लामा अवैध सम्पत्ति कैद