समाज

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

काठमाडौं- अपहरणमा परेका बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ। मुठभेडको क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ।

आइतबारसाँझ काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेका थिए। अपहरणमा परेका बालकको खोजीको लागि परिचालन भएको प्रहरी र अपहरणकारीबीच डोलेश्वरमा गोली चलेको महानगरीय अपराध महाशाखाले बताएको छ। प्रहरी इन्काउन्टरमा मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको महाशाखाका एसएसपी धिरज प्रताप सिंहले बताए। उनीहरुले पैसा माग्न प्रयोग गरेको सीम पनि फेला परेको उनले बताए। उनका अनुसार अपहरणमा परेका बालकको समेत शव फेला परेक छ। 'ठीमीमा निर्माणाधिन भवनमा बालकको शव फेला परेको छ', सिंहले भने।

 आइतबार बेलुका काँडाघारीका निसान खड्का हराएका थिए। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका थियो।

प्रकाशित: २१ श्रावण २०७५ ०८:३४ सोमबार

अपहरण बालक इन्काउन्टर