समाज

उपचारका क्रममा विद्यार्थीको ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा तनाव

बुटवल – कलेजमै अध्ययनरत एक जना विद्यार्थीको उपचारका क्रममा ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा आइतबार तनाव भएको छ।

भैरहवा मेडिकल कलेजमै बीडीएस चौथो वर्षका विद्यार्थी जनकपुरका महादेव शाहको उपचारका क्रममा आइतबार बिहान अस्पतालमा ज्यान गएपछि विद्यार्थीहरू बिरोधमा उत्रेका छन्। गुप्ताङ्गमा पिलो जस्तो घाउखटीराको समस्या देखिएपछि केही दिन अघि उनले आफ्नै कलेजको अस्पतालमा उपचार गराएका थिए। 

उनलाई त्यहीका इन्टर्नले उपचार गरेको र चिरफार गर्नुपर्ने बताएपनि शाहले शुक्रबारको आन्तरीक परिक्षा प्रभावित हुँने भन्दै औषधी लिएर होस्टल फर्केको शाहसँगै अध्ययनरत एक जना विद्यार्थीले बताए। शाहका साथीहरूका अनुसार उनले औषधी खान थाले देखिनै कमजोरी महसुस भएको बताएका थिए।

शनिबार बढीनै रिङ्गाटा लागेको र कमजोरी भएको भन्दै अस्पतालको इमरजेन्सी भर्ना भएका उनको रातीनै मृत्यु भएको श्रोतको दाबी छ। राती पौने १० बजेतिर इमरजेन्सीमा भर्ना भएका उनलाई तत्कालै आइसियुमा लगिएको र बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

इमरजेन्सीमा गएदेखीनै उनको अवस्था नाजुक भएपनि आफ्नै विद्यार्थीको उपचारमा चिकित्सक नगई इन्टर्न र जीआर मात्रै खटाएर अस्पतालले लापरबाही गरेको विद्यार्थीहरूको गुनासो छ। उपचारमा गम्भीर लापरबाही भएको भन्दै विद्यार्थीहरूले छानबिनको माग गरेका छन। शाहको मृत्युपछि आक्रोसित भएका विद्यार्थीले अस्पतालमा तोडफोड समेत गरेको छ। 

प्रकाशित: २० श्रावण २०७५ ०९:४५ आइतबार

उपचारका क्रममा विद्यार्थीको ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा तनाव