समाज

जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका

जाजरकोट – भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्। आज विहान आठ बजे गएको पहिरोमा परी दुई घरसँगै एक दर्जन बढी सर्वसाधारण पनि पुरिएको आशंका गरिएको छ।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको तिर्थ बहादुर बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए।

प्रत्यक्ष दर्शी पुनका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन्। पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको  प्रहरीले जनाएको छ। घटनाकाे थप बिवरण अाउन बाँकी छ।

प्रकाशित: २० श्रावण २०७५ ०३:३१ आइतबार

जाजरकोटको पहिराेमा दुई घर पुरिए दर्जन बढी सर्वसाधारण पुरिएको आशंका