समाज

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

दुर्घटनामा परेको कन्टेनर । तस्बिर सौजन्य : सगुन घले

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ को सनाखत भएको छ। 

प्रहरी नायव उपरिक्षक सन्तोष तामाङका अनुसार जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेका ३५ वर्षका माइते तामाङको सनाखत भएको हो। धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेर दुर्घटनामा परेको हो।

गम्भीर घाइते भएकालाई उपचारको लागि जिल्ला अस्पताल रसुवामा ल्याइएको छ। उनको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको छ। प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन सकेको छैन्। 

 

प्रकाशित: १५ श्रावण २०७५ ०८:५५ मंगलबार

रसुवा कन्टेनर दुर्घटना अपडेट मृतक मध्ये को सनाखत