समाज

मानव बेचविखन विरुद्ध सहकार्य गरिने

काठमाडाैं - मानव बेचविखन नियन्त्रणकालागि विभिन्न पाँच संस्थाहरुले सहकार्य गर्ने भएका छन्। काठमाडौंमा सोमबार मानव बेचविखन विरुद्धको विश्व दिवसका अवसरमा भएको कार्यक्रममा अमेरिकी विकास सहयोग नियोगको हाम्रो सम्मान परियोजनाले बेचविखन विरुद्ध सहकार्यकालागि अन्य चार संस्थाहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

परियोजनाले सहकार्यकालागि चौधरी ग्रुप, महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह (एटविन), सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजाल (एनएनएसएम) र राष्ट्रिय व्यवसायिक पहल (एनविआई) सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो। 

मावन बेचविखनका हिसाबले नेपाल प्रमुख गन्तव्यका रुपमा रहेको भन्दै सहकार्यकालागि समझदारी पत्रमा हस्ताक्षर गरीएको नियोगले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। 

'नेपालमा मानव बेचविखन नियन्त्रण कार्यका लागि युएसआईडि ले २ करोड अमेरीकी डलर भन्दा बढी लगानी गरेको छ।' विज्ञप्तीमा भनिएकाे छ । 

विज्ञप्तीकाे पूर्ण अंश :

 

 

प्रकाशित: १४ श्रावण २०७५ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App