समाज

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

गुल्मी - जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हाे। 

गतबर्षवाट जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका ३ सय ११ मुद्दा मध्ये ३ सय २ वटा मुद्धा फर्छ्यौट भएको जिल्ला अदालत गुल्मीका जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेले बताए। उनले यस बर्ष निर्वाचनका वावजुद सोचेभन्दा बढी मुद्दा किनारा लगाइएकाे बताए।

'अघिल्लो बर्षका ८९ मुद्दा फर्छ्यौट हुन बाँकी थिए' न्यायाधीश न्यौपानेले भने ‘यो बर्ष ३ सय ३१ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा अनुमानभन्दा २० वटा मुद्दा कम परे।’ उनका अनुसार ७० प्रतिशत अर्थात २ सय ९४ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य अदालतको रहेको थियो। अनुमान भन्दा २० मुद्दा कम दर्ता भएकाले ४ सय २० मुद्दामा अदालतले ३ सय २ मुद्दा फर्छ्यौट गरेको छ। 

एक जना मात्र न्यायाधीशको दरवन्दी रहेको गुल्मी जिल्ला अदालतमा असोजसम्म न्यायाधीश मातृका मरासेनी र असोजपछि असार मसान्तसम्म रामप्रसाद न्यौपानेको इजलासले मुद्दाको फर्छ्यौट गरेका हुन। जिल्ला अदातल गुल्मीको पछिल्लो तीन बर्षे मुद्दा फर्छ्यौटकाे अवस्थालाई हेर्दा प्रत्येक बर्ष लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएका छन।  

 

प्रकाशित: १० श्रावण २०७५ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App