समाज

जुम्लामा भएकाे प्रहरी दमनको छानविन गर्न माग

जुम्ला - बिहीवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको प्रहरी दमनको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनसनरत डा. गोविन्द केसीलाई वलजफ्ती उठाउने क्रममा प्रहरीले दमन गरेको भन्दै तत्काल घटनाको छानविन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारी र चिकित्सकहरुले प्रेश विज्ञप्ती मार्फत माग गरेका हुन्। उनीहरुले घटनाको तिन दिन भित्र छानविन गरि सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।अस्पतालमा ड्युटीमा रहेका चिकित्सक, नर्स र प्रतिष्ठानमा अध्यनरत विद्यार्थी र अस्पतालका कर्मचारीमाथि वन्दुकधारी प्रहरीवाट भएको कुटपिट र अस्पतालको भौतिक संरचनामा भएको क्षतिको तिन दिन भित्र सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनीहरुले दोषिलाई कडा कार्वाही हुनुपर्ने माग गरेका छन्।  

घटनाको सत्य तथ्य वाहिर ल्याई दोषिलाई कार्वाही नभएमा अस्पतालमा कार्यरत सम्पुर्ण चिकित्सक, नर्स र कर्मचारीहरु सामुहिक राजिनामा दिन वाध्य हुने चेतावनी उनीहरुले दिएका छन । 

विज्ञप्तीकाे पूर्ण पाठ ः

 

 

जुम्लामा भएकाे प्रहरी दमनको छानविन गर्न माग