समाज

विपन्नको घर निर्माणमा युवा

पोखरा– कास्कीमा युवाहरु विपन्न व्यक्तिको घर निर्माणमा जुटेका छन्। युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधब बास्तोलाको नेतृत्वमा युवाहरुले साविक पुरुन्चौर गाविस हाल पोखरा महानगरपालिका वडा नं १९ मा विपन्न नागरिक पर्शुराम नेपालीको ४ कोठे कच्ची घर निर्माणमा सहयोग गरेका हुन्। 

घर निर्माण सहयोग समितिका सदस्य जनार्दन सुवेदीका अनुसार करिब ३ लाखको लागतमा सम्पन्न हुने उक्त घरको निर्माण अन्तिम चरणमा रहेको र रङरोगनको काम सकेर हस्तान्तरण गरिनेछ।

घर नभएर भाईको घरमा बस्दै आएका पर्शुरामको ४ जनाको परिवार छ। ।

पर्शुरामको घर निर्माणमा युवा संघका उपाध्यक्ष बास्तोलाको संयोजकत्वमा केन्द्रीय सदस्य महेन्द्र गुरुङ, कास्की युवा संघका नेताहरु जनार्दन सुवेदी, गीता भण्डारी, लक्ष्मण रोकाहा, रमेश कार्की, राजकुमार विक खटिएका छन्।

प्रकाशित: ३१ असार २०७५ ०९:३६ आइतबार

विपन्नको घर निर्माणमा युवा